काठमाण्डाै – संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको राजनीतिक, संवैधानिक इतिहासमा पहिलो पटक मतदाताले आफ्नो मत जाहेर गरेको उल्लेख गर्दै देशको सत्ता चलाउन असक्षम नेतृत्वलाई रोक्ने बेला भइसकेको बताउनुभएकाे छ । आज आइतवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उहाँले मङ्सिर ४ गतेको चुनावमा देश हाँक्न असक्षम नेतृत्वलाई हराउने अभियानको कार्यान्वयन हुनुपर्ने जिकिर गर्नुभयाे ।
पटक–पटक जिम्मेवारीमा बसेर कुनै पनि योगदान नगरेका र पटक–पटक परीक्षणमा असफल भएका ठूला नेतालाई यसपालिको चुनावमा राेक्नुका...