सर्वोच्चमा एक अधिवक्ताकै घण्टौं बहस, प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा १८८ जनाको वकालतनामा

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लामो जाने संकेत देखिएको छ । आइतवार डा. भीमार्जुन आचार्य, सुनील पोखरेल, दिनेश त्रिपाठी लगायत केही अधिवक्ताले बहस गरेका थिए ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा भइरहेको सोमवारको सुनुवाइमा चिया ब्रेक अघिसम्म एकजना मात्र अधिवक्ताले बहस गरे । चिया ब्रेकअघि बहस गरेका अधिवक्ता दीनमणि पोखरेलले नै चिया ब्रेकपछि पनि बहसलाई निरन्तरता दिए । पोखरेलले २ घण्टाभन्दा लामो बहस गरेका छन् । रिट निवेदकमध्येका एक अधिवक्ताक...