पृथ्वीनारायण शाह अत्याचारी राजा थिए वा आधुनिक नेपालका निर्माता ? यो बहस प्रत्येक वर्षको पृथ्वी जयन्तीमा उठ्ने गरेको छ । तत्कालीन ईसाई पादरीहरू र बेलायती राज्य विस्तार अभियानमा संलग्न अंग्रेज निकट लेखकहरूले सुरुदेखि नै पृथ्वीनारायण शाहलाई एउटा अत्याचारी शासकका रूपमा चित्रित गर्दै आएका हुन् । बेलायती वा पश्चिमा स्कुलिङको यसै निन्दा अभियानलाई केही नेपाली बुद्धिजीविहरूले आज पनि पच्छाएको पाइन्छ ।गोर्खालीहरूसित अनेकौं पटक लडाईं लडेर पनि सुगौली सन्धि भन्दा पहिलेका हरेक लडाईंमा पराजित भएका अंग्रेज