पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैन : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्

सम्बन्धित सामग्री

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना

सप्तरी, २५ माघ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा आज सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहकाबीच उनले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् । डा अहिराजले गाउँका विद्यार्थीका लागि केही […]

रमितले फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने

अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न

पृथ्वीनारायण शाह र ‘सिमाना खोज्दै’

पौष २७ गते नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरण गरियो । ती महान् व्यक्ति पृथ्वीको बलिदानले नेपालको एकीकरण सम्पन्न भई नेपाल राष्ट्र बन्यो । आज हामीले नेपाली भई बाँच्ने अवसर पाएका छौं । पृथ्वी तथा उनकोे वीर गाथा र अद्वितीय योगदानलाई कोटीकोटी नमस्कार छ । प्राचीनकालको हिमवत् खण्ड नेपाल भगवान् पशुपतिनाथद्वारा संरक्षित र ‘ने’ मुनिद्वारा […] The post पृथ्वीनारायण शाह र ‘सिमाना खोज्दै’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पृथ्वीनारायण शाह अत्याचारी राजा वा नेपालका निर्माता ?

पृथ्वीनारायण शाह अत्याचारी राजा थिए वा आधुनिक नेपालका निर्माता ? यो बहस प्रत्येक वर्षको पृथ्वी जयन्तीमा उठ्ने गरेको छ । तत्कालीन ईसाई पादरीहरू र बेलायती राज्य विस्तार अभियानमा संलग्न अंग्रेज निकट लेखकहरूले सुरुदेखि नै पृथ्वीनारायण शाहलाई एउटा अत्याचारी शासकका रूपमा चित्रित गर्दै आएका हुन् । बेलायती वा पश्चिमा स्कुलिङको यसै निन्दा अभियानलाई केही नेपाली बुद्धिजीविहरूले आज पनि  पच्छाएको पाइन्छ ।गोर्खालीहरूसित अनेकौं पटक लडाईं लडेर पनि सुगौली सन्धि भन्दा पहिलेका हरेक लडाईंमा पराजित भएका अंग्रेज

पृथ्वीनारायण शाह र वीपी कोइरालाको प्रतिगामी उपयोग

मोहनविक्रम सिंह नेपालको एकिकरणमा पृथ्वीनारायण शाह को ऐतिहासिक योगदान रहेको छ । तर नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषित गर्न र पृथ्वी जयन्तीका दिन सार्वजनिक छुट्टी दिन अस्वीकार गरेको छ । सरकारको त्यस प्रकारको नीति गलत छ र त्यसको कडा आलोचना र भत्र्सना गर्नुपर्दछ । अहिले राजावादीहरुले पृथ्वीनारायण शाह लाई आफ्नो प्रतिगामी उद्देश्यको पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले पृथ्वीनारायण शाह को व्यानर मुनि राजतन्त्रको पुर्नस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि आन्दोलन अगाडि बढाउन अभियान चलाईरहेका छन् । त्यो वास्तवमा पृथ्वीनारायण शाह लाई प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्नु नै हो । नेपाली काँग्रेसले पनि वीपी कोइराला लाई आफ्नो प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले उनको राष्ट्रिय मेलमिलापको नीतिको आँडमा त्यही उद्देश्य पूरा गर्न प्रयत्न गरिरहेका छन् । वीपीको राष्ट्रिय मेलमिलापको नीति, जसको मुख्य आधारशिला राजासितको मेलमिलाप नै थियो, आफ्नो समयमा पनि गलत नै थियो । त्यसका साथै अंशतः त्यो नीति त्यो बेलाको परिस्थितिले पैदा गरेको एक प्रकारको बाध्यता पनि थियो । तर यो सोच्नका लागि आधार छ कि ०४६ सालको आन्दोलन र त्यस पछि ०५९ सालको माघ १९ को घटनाको सन्दर्भमा उनले पहिलेको राष्ट्रिय मेलमिलापको नीतिलाई कायम नै राख्दथे भन्न मुश्किल पर्दछ । उनले गिरिजाप्रसाद कोइरालाले भन्दा अगाडि बढेर गणतन्त्रको पक्ष लिने धेरै संभावना थियो । तर अहिले नेका भित्रको एउटा पक्षले वि.पि.को राष्ट्रिय मेलमिलापको व्यानर मुनि राजतन्त्रलाई पुर्नस्थापना गर्ने तथा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान संचालन गर्ने प्रयत्न गर्दै छन् निश्चय नै पूरै नेपाली काँग्रेस त्यस प्रकारको प्रतिगामी नीतिको पक्षमा गएको छ भन्ने निष्कर्ष निकाल्नु सही हुने छैन् । तैपनि राष्ट्रिय मेलमिलापको नीतिमा जोड दिनुको पछाडि त्यही प्रकारको प्रतिगामी उद्देश्यले काम गरेको र त्यो नीतिले उनीहरुलाई त्यही प्रतिगामी अवस्थामा पु-याउने कुराको अनुमान गर्न सकिन्छ ।

‘पृथ्वीनारायण शाह गर्व गर्न लायक अभिभावक, हरेक नेपालीको मनमनमा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताएका छन् । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गरे ।     मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनाराय...