धरान– अन्तर-पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर-पुस्ता महिलावादी मञ्चका सह-संयोजक सरू जोशी श्रेष्ठले जानकारी दिइन्। हालै एकै दिन […]