आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । आयोगले निर्वाचन आयोगलाई पनि संविधानको मर्म र भावना समानुपातिक समावेशी प्रतिनिधित्व रहेको भन्दै आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित