मदन भण्डारी र जीवराज आश्रितकाे शालिकमा तोडफोड

मकवानपुर । हेटौंडा–९ को दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितका शालिक तोडफोड गरिएको छ । बिहिबार राती अज्ञात समूहले पार्कमा प्रवेश गरी शालिक तोडफोड गरेका हुन् । आज (शुक्रबार) बिहान पार्कमा घुम्न गएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि खबर गरेका हुन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घटनाको अनुसन्धान थालेको छ । पार्कका […]

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन वाटिकामा रहेको उनको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

मदन-आश्रित स्मृति दिवसमा ओली अनुपस्थित

काठमाडाैंँ- नेकपा एमालेले आज नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेताद्वय मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस मनाउँदै छ। स्मृति दिवसको कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहे पनि कार्य व्यस्तताका कारण पार्टीका महासचिव शंकर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएकाे छ। राजनेता भण्डारीलाई नेपाल कम्युनिष्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारको रूपमा चित्रण […]

मदन भण्डारीको जिप दुर्घटना भएको होइन, हत्या गरेर फालिएको होः ऋषि कट्टेल

२०५० जेठ ३ मेरो जीवनको सबैभन्दा स्तब्ध बनाउने र बिर्सन नसक्ने दिने हो । त्यही दिन भएको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार रहस्यमय जिप दुर्घटनाको सहयात्री म पनि थिएँ । उहाँहरु पोखराबाट चितवन जाँदै हुनुहुन्थ्यो, म गोरखा । हाम्रो गन्तव्य बेगल बेगल थियो । म बिहानै गोरखा […]

दासढुंगाको रहस्य : कसले, किन गर्यो अमर लामाको हत्या ?

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्तासमेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट ओर्लिएर बाँचे । एमालेले यो घटनालाई षड्यन्त्रपूर्वक भएको हत्या ठान्यो ।दश वर्षपछि उनै अमर लामाको २०६० साल साउन ११ गते अपरान्ह पौने ४ बजे कीर्तिपुरमा गोली हानेर हत्या गरियो । लामाको टाउकोमा पछाडिबाट गोली लागेको थियो । उनको टाउकोमा प्रहरीले प्रयोग गर्ने ९–एम

मदन-आश्रितको त्यो हत्या, यो रहस्यमय दुर्घटना !

काठमाडौं : 'अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन, तथ्यहरूले उच्चस्तरको षडयन्त्र देखाइरहेको छ...।'वि.सं‍. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट त्रिशुली नदीमा खस्यो। दुवै नेताको मृत्यु भयो।त्यसपछि नेकपा (एमाले) ले जेठ ५ गते स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा अन्य सदस्यहरूको नाम गोप्य राखी सो घटनाबारे छानबीन गर्न एक आयोग बनायो। अमर लामा एक्लैले हत्या नग

जननेता मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री

२८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उहाँहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक : सञ्चारमन्त्री गुरुङ

सोमबार २८ औं मदन भण्डारी– जीवराज आश्रित स्मृति दिवस मनाइँदैछ । मदन–आश्रित स्मृति दिवसको अवसरमा सञ्चार तथा सूचना  प्रविधि मन्त्री पार्वत गुरुङले स्वर्गीीय मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक भएको बताउनुभएको छ ।

को हुन् सर्वोच्चको निर्णयबाट नेकपा फिर्ता लैजाने ऋषि कट्टेल?

कट्टेल पूराना कम्युनिष्ट नेता हुन्। उनी २०४७ सालमै एमाले गोरखा जिल्ला अध्यक्ष थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए।

पूर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।