जननेता मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री

२८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उहाँहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सम्बन्धित सामग्री

शिशिर र कोमलको आवाजमा नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।  गीतमा स्व.भण्डारीको राजनीतिक जीवन र उनको विचारधारालाई समेट्ने प्रयास गरिएको छ । गीतमा गायक शिशिर योगी र गायिका कोमल वलीको स्वर, बुद्धिमान परियारको शब्द तथा शिव गौतमको संगीत सुन्न सकिन्छ ।सार्वजनिक गीतको भिडियोमा कलाकार सुमन कार्कीले स्व. भण्डारीको अभिनय गरेका छन् भने कलाकार सारिक

जबजका प्रणेता मदन भण्डारी

जननेता मदन भण्डारी पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीका माहिलो छोराको रूपमा २००९ साल असार १४ गते जन्मनुभएको हो । गृह जिल्लामा सामान्य पढाइपछि उहाँले स्नातकोत्तर तहसम्मको शिक्षा बनारसबाट पूरा गर्नुभयो

आज २९ औं मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते […]

हेटौडामा निर्माणाधिन मदन र आश्रितको शालिक तोडफोड

हेटौडा, ९ बैशाख । मकवानपुरको हेटौडामा निर्माणाधिन जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरिएको छ । हेटौडा उ.म.न.पा–९मा दिव्यबाल उद्यान रहेको नेताहरुको शालिक अज्ञात समुहले तोडफोड गरेको हो । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको जनाइएको छ ।

प्रधानमन्त्रीबाट दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती […]

मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् ।सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गरे ।‘मदन भण्डारी जननेता मात्रै होइन, उहाँ शताब्दी नायक पनि हो’ प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीका चिन्तन निश्कृय शुभका

अनेमसंघको श्रद्धाञ्जली कार्यक्रममा मदन-आश्रितको चर्चा

काठमाडौ। मदन-आश्रित स्मृति दिवसमा कोटेश्वरस्थित मदन भण्डारी स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। अनेमसंघको आयोजनामा सामाजिक दुरी कायम राख्दै मदन-आश्रितको मुर्तिमा माल्यअर्पण गरिएको छ। त्यसअवसरमा बोल्दै नेमसंघका सचिव सुजिता शाक्यले जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति र गम्भीर धक्का पुगेको बताइन्।

दासढुंगा दुर्घटनाको रहस्य पत्ता लगाउन नेपालको माग

काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन्। २८औं मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले घटनासँग जोडिएका अमर लामाको हत्याले घटना झनै रहस्यमय भएको बताएका छन्।उनले जननेता मदन भण्डारी, नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो भएको उल्लेख गरेका छन्।

जनताको बहुदलीय जनवादको रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ : केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् । जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा सङ्कल्प गर्दै उनले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छाड्ने प्रतिबद्धता जनाएका […]

जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक : सञ्चारमन्त्री गुरुङ

सोमबार २८ औं मदन भण्डारी– जीवराज आश्रित स्मृति दिवस मनाइँदैछ । मदन–आश्रित स्मृति दिवसको अवसरमा सञ्चार तथा सूचना  प्रविधि मन्त्री पार्वत गुरुङले स्वर्गीीय मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक भएको बताउनुभएको छ ।