काठमाडौं : 'अमर लामा एक्लैले यो स्तरको हत्या गर्न सम्भव छैन, तथ्यहरूले उच्चस्तरको षडयन्त्र देखाइरहेको छ...।'वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट त्रिशुली नदीमा खस्यो। दुवै नेताको मृत्यु भयो।त्यसपछि नेकपा (एमाले) ले जेठ ५ गते स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा अन्य सदस्यहरूको नाम गोप्य राखी सो घटनाबारे छानबीन गर्न एक आयोग बनायो। अमर लामा एक्लैले हत्या नग