काठमाडौं : साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्य