सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।