'सिद्धबाबा'काे महायज्ञमा सरकारका मन्त्री सहभागी भएकाे भन्दै एमालेकाे आपत्ति

नेकपा एमालेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरिले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरेको र उक्त कार्यक्रममा सरकारका मन्त्री तथा महान्याधीवक्ता समेत सहभागी भएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।

सम्बन्धित सामग्री

सीडीओलाई अनुगमन प्रमुख नबनाउन राजनीतिक दलहरूको माग

काठमाडौँ । चुनावी आचारसंहिता अनुगमन गर्ने जिल्ला समितिको संयोजक प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई बनाउने निर्वाचन आयोगको तयारीप्रति राजनीतिक दलहरूले आपत्ति जनाएका छन् । सरकारका मन्त्री र सत्तारूढ दलप्रति बढी झुकाव हुने प्रजिअलाई आचारसंहिता अनुगमनको जिम्मा दिँदा निष्पक्ष कार्यसम्पादन हुन नसक्ने उनीहरूले बताएका छन् । विगतमा जिल्ला अनुगमन समितिको संयोजक न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) रहने व्यवस्था थियो । आयोगले […]

सीडीओलाई अनुगमन प्रमुख नबनाउन माग

चुनावी आचारसंहिता अनुगमन गर्ने जिल्ला समितिको संयोजक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई बनाउने निर्वाचन आयोगको तयारीप्रति राजनीतिक दलहरूले आपत्ति जनाएका छन् । सरकारका मन्त्री र सत्तारूढ दलप्रति बढी झुकाव हुने प्रजिअलाई आचारसंहिता अनुगमनको जिम्मा दिँदा निष्पक्ष कार्यसम्पादन हुन नसक्ने उनीहरूले बताएका छन् ।

बलात्कार आरोपी सिद्धबाबाको महायज्ञमा सरकारका मन्त्रीहरु पुगेको भन्दै आपत्ति

नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेको प्रति आपत्ति जनाएकी हुन् । उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको

बलात्कार आरोपीको महायज्ञमा मन्त्री र महान्यायाधिवक्ता गएकोमा एमालेको आपत्ति

काठमाडौँ। बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा)को महायज्ञमा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीको सिद्धबाबाले पशुपतिमा लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्।

भ्रष्टाचार आरोपमा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ, आम आदमीको आपत्ति

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो […]

दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । …