काठमाडौँ। बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा)को महायज्ञमा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।
शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीको सिद्धबाबाले पशुपतिमा लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्।