भ्रष्टाचार आरोपमा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ, आम आदमीको आपत्ति

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो […]

सम्बन्धित सामग्री

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार  गरेको आरोपमा पाँच जनाविरुद्द मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

सिंचाइको कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

७ असोज, काठमाडौं । सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ । अख्तियारले […]

भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएको छ। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये अख्तियारको टंगालस्थित कार्यालयमा तीन र बर्दिबासमा एक उजुरी […]

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर

मुगुको छायाँनाथ राारा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो  निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप पत्र दायर गरेको छ । तत्कालिन वडाध्यक्ष धर्मदत्त सावत, कृषि विकास...

मेयरसहित २१ जनाविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर […]

भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको  साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेल

वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ […]

अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प […]

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।