काठमाण्डौ — तिहारमा चिल्लो रोटी र मिठाईभन्दा ताजा फलफूल तथा सुख्खा फलमा ध्यान दिन पोषण विद्हरुले आग्रह गरेका छन् ।
टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई खाना दिँदा चिल्लो र गुलियो मिठाईभन्दा सुख्खा फल र ताजा फलफूलमा जोड दिन पोषणविद् डाक्टर अरुणा उप्रेतीले आग्रह गर्नुभयो ।
यस्तै, पर्व मनाउँदा मासु लगायतका खानेकुरा पनि सीमित मात्रै खान उहाँको आग्रह छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटी भाइ मसलाका रूपमा दिने परम्परा छ ।
बजारमा सजिलै किन्न सकिने मिठाईका परिकारमा प्रय...