बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजो आज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् । घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेष्टुराँ नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा गर्यो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि । उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरम