१८ मंसिर, काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने भएको छ । हिमालयनमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिबले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बिक्री गर्ने भएको हो । हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिद गर्न लागेको जानकार स्रोतले अनलाइनखबरलाई बतायो । […]