हिमालयन बैंकको साधारणसभाले पारित गर्‍यो सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २८ पुसमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर प्रस्ताव […]

सम्बन्धित सामग्री

हिमालयन क्यापिटल र सिभिल क्यापिटलले भोलिदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरी मङ्सिर १५ गते (भोलि)देखि एकीकृत कारोबार गर्ने भएको छ । हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रूपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन् । प्राप्तिसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ गते प्राप्तिसम्बन्धी स्वीकृति प्रदान गरेसँगै यी कम्पनीहरूले एकीकृत कारोबार गर्न लागेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।

प्राप्ति प्रस्ताव पारितका लागि हिमालयन र सिभिल क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते र सिभिल क्यापिटलको भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । हिमालयन क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ भने सिभिल क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय सिटिसी मल, सुन्धारा, काठमाडौंमा साेही दिन सोही समयमा सभा गर्ने निर्णय गरेको हो । दुवै कम्पनीले प्राप्तिसम्बन्धि प्रस्तावलाई सभामार्फत पारित गर्नेछन् । सिभिल क्यापिटल लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रूपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन् । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन् । विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने निर्णय पनि दुवै कम्पनीले सभामार्फत गर्नेछन् ।  सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावसमेत हिमालयन क्यापिटल लिमिटेडको सभामा पारित गरिने बताइएको छ ।

शुक्रवारदेखि एक हुँदै हिमालयन र सिभिल बैंक, सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् ।  यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ । त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ । शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

सिभिल बैंक प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्तिम स्वीकृति

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।    हिमालयनले सिभिललाई १०० बराबर ८० दशमलव २८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु हुनेछ । यता, दुवै कम्पनीकोे गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरु हुनेछ ।

सिभिललाई गाभ्ने हिमालयन बैंकको प्रस्ताव पारित

हिमालयन बैंकको ३०औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले साधारणसभामा पेश गरेको सञ्चालक समितिको प्रतिवेदन छलफल गरी अनुमोदन भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ […]

सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिभिल बैंकको १२औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा यस बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त […]

हिमालयन बैंकले सिभिल बैंक प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

हिमालयन बैंक लिमिटेडको ३०औँ वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले पारित

हिमालयन बैंकको तीसौं वार्षिक साधारणसभा सम्पन्न

सभाबाट सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैंक तथा सभाका अध्यक्ष श्रेष्ठले साधारणसभा समक्ष प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।...

हिमालयन बैंकद्वारा सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तीसौँ वार्षिक साधारण सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  बिहीबार काठमाडौँमा बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले हिमालयन बैंक लिमिटेडले