संस्थापकलाई छल्न खोजेको भन्दै राष्ट्रबैंकले रोक्यो हिमालयन बैंकको सेयर बेच्ने हबिबको प्रयास

२० पुस, काठमाडौं । हिमालयन बैंकको रहेको सेयर बेचेर बाहिरिने पाकिस्तानको हबिब बैंकको प्रयासलाई प्रक्रिया पूरा नगरेको भन्दै राष्ट्र बैंकले रोकिदिएको छ । हबिबले हिमालयन रि इन्स्योरेन्सलाई सेयर विक्री गर्न बाहिरिन चाहेको भन्दै स्वीकृतिका लागि हिमालयन बैंकले १४ मंसिरमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दर्ता भएको थियो । हिमालयनमा रहेको २ […]

सम्बन्धित सामग्री

अर्थतन्त्र लड्खडाइरहँदा ब्याजदर बढाउँदैछ ईसीबी,  फेडले रोक्यो वृद्धि

काठमाडौं । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउँदैछ । बिहीबार बस्ने ब्याजदर निर्धारण गर्ने समितिको बैठकमा बैंकले ऋणको लागत बढाउने पक्कापक्की भएको विश्लेषण गर्न थालिएको छ । बैंकले फेरि ब्याजदर बढायो भने यो २२ वर्षयताकै उच्च स्तरमा उक्लिनेछ ।  एकल मुद्रा यूरो चलाउने देशहरुको समूह यूरोजोनको अर्थतन्त्र डगमगाइरहेको भएपनि बैंकले महँगी विरुद्धको लडाईलाई निरन्तरता दिँदैछ । अहिले यूरोजोनको आर्थिक  वृद्धिदर स्थीर छ । महिनौंयता महँगी मध्यम स्तरमा अडिग भएर बसेको छ । यूरोजोनमा मुद्रास्फीति ६ दशमलव १ प्रतिशतको असहज स्तरमा छ ।  यो ईसीबीको लक्षित बिन्दुभन्दा तेब्बर भन्दा पनि बढी हो । मुद्रास्फीतिलाई २ प्रतिशतमा राख्ने ईसीबीको लक्ष्य छ  । यसैले पनि बैंकसामु ब्याजदर बढाउनुको विकल्प छैन । गएको वर्ष समकक्षी बैंकहरुको तुलनामा ईसीबीले निकै ढिला मात्रै ब्याजदर बढाउन शुरू गरेको थियो । अब महँगी नियन्त्रणको लक्ष्य हासिल नभइकन वा महँगी अलि अलि मात्रै भएपनि सहन सक्ने स्तरमा नआउँदा सम्म ब्याजदर बढाउन ठ्याप्पै राक्न सक्ने अवस्थामा बैंक छैन । बैंकले ब्याजदर २५ आधार बिन्दुले बढाएर साढे ३ प्रतिशतमा पुर्याउने आशा गरिएको छ । ब्याजदर बढाएर यो स्तरमा पुर्याइयो भने यो सन् २००१ यताकै उच्च स्तरमा हुनेछ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणका अनुसार जुलाईमा पनि बैंकले यही स्तरमा ब्याजदर बढाउनेछ । जुलाई पछि भने बैंकले के गर्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । उता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले भने बुधबार अबेर नीतिगत बैठकपछि लगातारको १० औं ब्याजदर वृद्धिलाई ब्रेक लगायो । यसले लगानीकर्ताहरुमाझ विकसित देशहरुको मौद्रिक नीति कसिलो बनाउने चक्र अन्त्य नजिक आइपुगेको हो कि भन्ने बलियो संकेत दिएको छ । यद्यपि, वर्षको बाँकी अवधिमा भने कम्तिमा पनि २ ओटा ब्याजदर बढ्न सक्ने संकेत फेडको छ ।  सन् २०२२ को मार्चयता फेडले अमेरिकी अर्थतन्त्रलाई चिसो बनाउन र महँगीमा अंकुशन लगाउन लगातार १० पटक ब्याजदर बढाएको थियो । अहिले ब्याजदर रोक्नु नीतिगत समितिका अधिकांश अधिकारीहरुको राय थियो । यद्यपि, मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न भविष्यमा केही ब्याजदर वृद्धि भने हुन सक्ने सम्भावनातर्फ भने धेरैले औंल्याएका थिए ।  फेडले अहिले ब्याजदर वृद्धिको चक्र रोक्नुले ईसीबीको भावी कदमलाई प्रभावित बनाउन सक्ने विश्लेषण पनि गरिएका छन् । ईसीबीले जुलाईमा ब्याजदर बढाएर ३ दशमलव ८५ प्रतिशतको उच्च स्तरमा पुर्याउन सक्ने सम्भावना पनि लगानीकर्ताहरुले देखिरहेका छन् । औद्योगिक पावरहाउस जर्मनी आर्थिक मन्दीमा गयो । यो वर्ष जर्मन अर्थतन्त्रमा झिनो वृद्धि देखिने आशा गरिएको छ ।  बेरोजगारी दर कीर्तिमानी न्यून स्तरमा छ । तलब वृद्धिले पनि लय समातिरहेको छ । कर्जा झन झन महँगो हुँदै गएपछि घर परिवार र व्यवसायहरुबाट कर्जाको माग घटेको छ । तर कर्जा माग्न आउनेहरुलाई ऋण दिने बैंकको तत्परताका कारण खपत भने उच्च नै छ । एजेन्सी

अन्तर्राष्ट्रिय मुद्रा कोषले रोक्यो नेपाललाई दिने ईसीएफ अन्तर्गतको ऋण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालसँग प्रतिवद्धता गरेको एक्सटेण्डेड क्रेडिट फसिलिटी (ईसीएफ) अन्तर्गत ऋणको दोस्रो किस्ता रोकेको छ । विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने उसको माग छ । तर, राष्ट्र बैंकको अडिट सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखापरीक्षकको कार्यालयले गर्दै आएको छ । यो भनेको महालेखापरीक्षकको अडिटलाई आइएमएफले […]

राष्ट्र बैंकको अडिटमा प्रश्न उठाउँदै आईएमएफले रोक्यो नेपाललाई दिने ऋण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ । विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने उसको माग छ । तर, राष्ट्र बैंकको अडिट सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखा परीक्षकको कार्यालयले गर्दै आएको छ । आईएमएफले अन्तर्राष्ट्रिय फर्मबाट अडिट गराउन माग गर्नु भनेको […]

अदालतले रोक्यो एनबी बैंकको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया

नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवद्र्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया हाललाई रोकिएको हो ।न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्ने आदेश दिएको भए पनि लिखित […]

भित्री कारोबारको आशंकामा नेप्सेले रोक्यो प्रभु बैंकको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्स’ ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को शंका गर्दै कारोबार रोक्का गरेको छ । नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण पनि सोधेको छ । बैंकले लाभांश वितरणका सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को नियम ५ गम्भीर उल्लंघन गरेको नेप्सेको ठहर छ । धितोपत्रसम्वन्धी विनियमावलीमा कारोबार अवधिभित्रै […]

तालिवानले कसरी संचालन गर्ला सरकार ? विश्व बैंकले पनि दिँदै आएको सहयोग रोक्यो

विश्व बैंकले अफगानिस्तानमा संचालित परियोजनाहरु संचालनका लागि दिँदै आएको सबै सहयोग रोकेको छ। तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा विश्व बैंकको सहयोगमा संचालित सबै परियोजनाहरुको भुक्तानी रोक्ने निर्णय गरिएको हो। तालिवानको अफगानिस्तानको विकास तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चिन्ता रहिरहेको अवस्थामा विश्व बैंकको यो निर्णयले थप चासो थपिदिएको…

विश्व बैंकले अफगानिस्तानका परियोजनामा भुक्तानी रोक्यो

विश्व बैंकले अफगानिस्तानमा सञ्चालित परियोजनाहरूमा भुक्तानी रोकिदिएको छ।कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले त्यहाँका परियोजनामा भुक्तानी रोक्ने निर्णय गरेको हो। तालिबानको नियन्त्रण रहँदा अफगानिस्तानका विकास परियोजना र महिलाहरूलाई निकै असर पर्ने विश्व बैंकले जनाएको छ। यसअघि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि अफगानिस्तानमा भुक्तानी दिन बन्द गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले पनि अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति जफत गरिसकेको छ।विश्व