काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेकाे छ ।
नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आज साेमवार आयाेजित एक कार्यक्रममार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।
घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक संसद् लगायत उल्लेख गरिएकाे छ ।
यस्तै, एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष,...