कास्की–२ का मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले अघि सारेका एजेण्डा पूरा हुनुपर्नेमा जोड दिएका छन् । पुरानो एजेण्डा पूरा नहुँदै फेरि नयाँ एजेण्डा बोकेर आएको भन्दै कतिपय मतदाताले असन्तुष्टि पोखेका छन् ।आसन्न मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मत माग्न घरदैलोलाई तीव्रता दिइरहेका बेला उनीहरूले यस्तो बताएका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २० भलामका विष्णुप्रसाद बास्तोलाले नेताहरु घरदैलोमा आएर झूटा आश्वासन बाँड्ने गरेको गुनासो गरे । उनले नेताको