नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने बताए ।‘राष्ट्रिय हितका एजेण्डा हाम्रा प्रमुख हुन्छन् । राष्ट्रहीतको पक्षमा हामीले नेपालमा जे काम गरे