नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा बुधबार उहाँले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति …