नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ । सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो । एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका नेताहरुले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली ग