सिद्धबाबामा सुरुङ बनाउन कम्पनी छनोट

सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ । मूल सुरुङ ११ सय २६ मिटर लम्बाइको रहने सो सुरुङमार्ग निर्माणका लागि योग्य भएका चार कम्पनीबाट चाइना स्टेट छानिएको हो ।पोस्ट क्वालिफिकेसन इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुने सुरुङमार्गका लागि चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको कबोल […]

सम्बन्धित सामग्री

पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताउनुभएको छ । कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ को नेपालमा थालनी भएको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको …

पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन् । कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ को नेपालमा थालनी भएको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा आज आयोजित कार्यक्रममा मन्त्री ज्वालाले उद्योग, कृषि, सडक, रेल, सुरुङ […]

ग्वार्काे 'फ्लाई ओभर' को काम भदौदेखि

काठमाण्डाै – ग्वार्खो 'फ्लाई ओभर' को काम आउँदाे भदौदेखि सुरुवात गरिने भएको छ । सरकारको लगानीमा पहिलो पटक याे फ्लाई ओभर बनाउन लागिएको हो ।  वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत फ्लाई ओभरको निर्माण अघि बढाइएको थियो । गएकाे आर्थिक वर्षमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले डिजाइन गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको डिजाइन प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) सौरभ बज्राचार्यले बताउनुभयो...

तस्वीर : राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दै गरेका मजदूर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले बनाउन लागिएको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ खन्दै मजदूरहरु । ४० मेगावाट क्षमताको आयोजनाको ६ किलोमिटर २७० मिटर लामो सुरुङ मध्ये २ हजार १८० मिटर खनिसकिएको छ । तस्वीर : रासस

घारखोला जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन घारखोला जलविद्युत् आयोजनाको सुरुङमार्गमा बुधवार ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ बुधवार जोडिएको हो । बाँध तर्फबाट १ हजार ६०५ मिटर र आउटलेटबाट १ हजार ४०० मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इञ्जिनियर जोसेव वज्राचार्यले बताए । ‘दुईओटा अडिटबाट खनिएको यो सम्भवतः नेपालको लामो सुरुङ हो,’ उनले भने, ‘शुक्रवारदेखि नै सुरुङ कंक्रिट गर्न शुरू गर्छौं ।’ अर्थुङेस्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तर्गत घारस्थित बेसक्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । २०७४ चैतदेखि सुरुङ निर्माण शुरू भएको थियो । आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चरका आयोजना व्यवस्थापक ध्रुव मिश्रले बताए । ‘बाँध नजिकै ४५ मिटर लम्बाइको दुईओटा बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) निर्माण भएको छ,’ उनले भने, ‘डिसेन्डरदेखि सुरुङसम्म २४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि विद्युत्गृहसम्म ४८५ मिटर पेन स्टक पाइप जडान शुरू भएको छ । आउटलेटदेखि विद्युत्गृहको दूरी १ हजार २०० मिटर छ । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सीई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पारेको छ । २०७८ माघदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माणमा कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाइ भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामी मगरले बताए । २०७९ असार महीनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका रहेको  उनले जानकारी दिए । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म ८ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्स्ट्रक्सनले सामान आपूर्ति गरिसकेको छ । आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकूल भौगोलिक अवस्था हुँदाहुँदै पनि आयोजना निर्माण तीव्ररूपमा अघि बढेको बताए । २ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआईसी एशिया, कुमारी र प्राइम बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।

सीमाविवादका बीच भारतमा चिनियाँ कम्पनीले पायो सुरुङमार्गको ठेक्का

भारतको राष्ट्रिय राजधानी क्षेत्रको यातायात संस्थानले शांघाई टनल इन्जिनीयरिङ कम्पनी लिमिटेडलाई न्यु अशोक नगरदेखि साहिबाबादसम्मको ५.६ किलोमिटर सुरुङ मार्ग निर्माणको ठेक्का दिएको छ ।  उक्त संस्थानले देशको पहिलो द्रुत गतिको रेल ट्रान्जिट सिस्टम बनाउन लागिरहेको छ । त्यसैअन्तर्गत यो सुरुङ मार्ग बनाउन लागिएको हो । स्थापित प्रक्रिया र निर्देशिकाबमोजिम ठेक्का सम्झौता गरिएको उसले जनाएको छ ।  ‘विभिन्न सरकारी निकायबाट स्वीकृति लिइएको छ । स्थापित प्रक्रिया र निर्देशिका अपनाएर ठेक्का दिइएको हो । त्यसबाहेक दिल्ली गाजियाबा...