ग्वार्काे 'फ्लाई ओभर' को काम भदौदेखि

काठमाण्डाै – ग्वार्खो 'फ्लाई ओभर' को काम आउँदाे भदौदेखि सुरुवात गरिने भएको छ । सरकारको लगानीमा पहिलो पटक याे फ्लाई ओभर बनाउन लागिएको हो ।  वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत फ्लाई ओभरको निर्माण अघि बढाइएको थियो । गएकाे आर्थिक वर्षमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले डिजाइन गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको डिजाइन प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) सौरभ बज्राचार्यले बताउनुभयो...