बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा चालु आर्थिक वर्ष २०८०–८१ मा मन्त्रीहरुले सम्पादन गर्ने कार्यहरु र जिम्मेवारीका बारेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग प्रदेशका मन्त्रीहरुले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।