प्रतिबन्ध नलागेका सामानको एलसी खुल्ने

काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध नलगाएका जुनसुकै सामान आयातका लागि बैंकहरूले प्रतितपत्र (एलसी) खोल्ने भएका छन् । सरकारले आयात गर्न नपाइने वस्तु तोकेपछि बाँकीको एलसी खोल्न सकिने नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । ‘सरकारले राजपत्रमा सूचना जारी गरेर १० किसिमका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ,’ उपाध्यायले भने, ‘राष्ट्र बैंकले पनि सोहीअनुसार सूचना जारी गरेपछि अन्य सामानको एलसी खोल्ने बाटो खुलेको छ ।’ बैंकहरूले आफ्नो तरलताको अवस्थाअनुसार एलसी खोल्न सक्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना जारी गरी १० प्रकारका सामान आयात असारसम्मका लागि रोकेको छ । सोही सूचना राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जारी गरेको हो । उच्च आयातका कारण शोधनान्तर घाटा उच्च र विदेशी विनिमय सञ्चिति घट्दै गएपछि चैत २१ गते राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)लाई बोलाएर विलासी सामान र गाडीको आयात एलसी नखोल्न निर्देशन दिएको थियो । त्यसपछि वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले समेत अत्यावश्यक बाहेकका सामानको आयात एलसी नखोल्ने अनौपचारिक निर्णय गरेको थियो । राष्ट्र बैंकको निर्देशन र बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार एलसी खोल्न छाडेका बैंकहरूले अब प्रतिबन्ध नलागेका सामानको आयात एलसी खोल्न सक्नेछन् । ‘हिजो राष्ट्र बैंकको अपेक्षाअनुसार बैंकहरू जिम्मेवार भएर विलासी सामानको एलसी नखोल्ने सहमति गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारले नै सामान तोकेपछि त्यसैअनुसार बैंकहरूले काम गर्न सक्छन् ।’ तर, राष्ट्र बैंकको निर्देशनलगत्तै केही बैंकहरूले गाडी आयातका लागि खोलेको एलसीका बारेमा भने केन्द्रीय बैंकको निर्देशनअनुसार हुने उपाध्यायले बताए । राष्ट्र बैंकले आयात निरुत्साहित गर्न मंसिरबाटै विभिन्न नीतिगत व्यवस्था लागू गर्दै आएको छ । मंसिर पहिलो साता चाँदी आयातका लागि विदेशी मुद्रा सटहीमा सीमा तोकेको केन्द्रीय बैंकले पुस पहिलो साता २० हार्मोनिक कोड अन्तर्गतका विलासी सामानको एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । माघ तेस्रो साता थप २७ हार्मोनिक कोडअन्तर्गतका सामान नगद मार्जिनको नियम लगायो । फागुन तेस्रो साता सुनको कोटा आधा घटाएर १० किलोमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

मंसिरमा भित्रिए ७४ हजार थान स्मार्टफोन, राष्ट्र बैंकले एलसी खोल्न गरेन सहजीकरण

काठमाडौं : मंसिर महिनामा १ अर्ब ९ करोड ८२ लाख ३ हजार रुपैयाँबराबरको ७४ हजार ४२३ थान स्मार्टफोन आयात भएको छ। सरकारले यसबाट मंसिरमा २० करोड ५२ लाख ७० हजार रुपैयाँ भन्सार संकलन गरेको छ। यो तथ्यांक सरकारले प्रतिबन्ध हटाउनुअघिको महिनाको हो। भन्सार विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा ३६…

सात महिनापछि सवारीसाधनको एलसी खुल्न थाल्यो

सरकारले आयात खुला गरेपछि सवारीसाधन आयातका लागि व्यवसायीहरूले प्रतीतपत्र (एलसी) खोल्न थालेका छन् । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले साढे ७ महिनाअघिदेखि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेपछि व्यवसायीहरूले गाडी आयातका लागि प्रक्रिया अघि बढाएका हुन् । प्रतिबन्धित वस्तुको आयात खुला भएसँगै सवारीसाधनलगायत सामग्रीको एलसी खुल्ने क्रम सुरु भएको छ ।

आयात खुला भएपछि यसरी आउँदैछ महँगा मोबाइल र मदिरा, कहिलेसम्म भित्रिन्छन् नेपाल?

काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु एलसी खोल्ने तयारीमा जुटेका छन्। विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत बैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध…

सङ्कटमा अटो–बजार : शोरुम बन्द गर्दै कर्मचारी घर पठाउँदै

नेपाली अटोमोबाइल्स व्यवसाय यतिखेर चरम सङ्कटमा गुज्रिरहेको छ । झन्डै १ वर्षदेखि सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, एलसी मार्जिनमा कडाइ गरिनुका साथसाथै बैंकिङ कर्जाको ब्याजदर समेत तीव्र तर वृद्धिले समग्र अटो बजार नै धराशायी बन्न पुगेको हो । गत वैशाख १३ गतेदेखि सरकारले कार, जिप, भ्यान सहित १५० सिसी इन्जिन क्षमतामाथिका दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटरको आयातमा पूर्णतः प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध हालसम्म पनि कायमै रहेको । जसको प्रभाव ८ महिनायता नेपाली अटो व्यवसाय झन्डै ८० प्रतिशतले &ls

चाडपर्व लक्षित आयातमा सरकारी नीति र तरलताको तगारो

दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने क्रम बढ्न थालेको छ । तर विदेशी मुद्रा जोगाउने सरकारी नीतिमा आधारित आयात प्रतिबन्ध, तरलता अभाव र नेपाल राष्ट्र बैंकले लिएको प्रतीतपत्र (एलसी) बारेको नयाँ नियमले चाडपर्व लक्षित आयातमा व्यवसायीलाई सकस परेको छ ।

एलसी खोलेर पनि रोकिएका सवारी छाडिने

प्रतीतपत्र (एलसी) खोलेर पनि भन्सारमा अड्किएका गाडीलाई सरकारले नेपाल आउन दिने निर्णय गरेको छ । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै आयातमा प्रतिबन्ध लगाउनुअघि नै एलसी खोलेका चारपांग्रे सवारी भन्सारमा रोकिएका थिए ।

प्रतिबन्धअगावै एलसी खोलेका गाडी पनि भन्सारमै अड्किए

विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाउनुअघि नै प्रतीतपत्र (एलसी) खोलेका चारपांग्रे सवारी साधनहरू पनि भन्सारमा रोकिएका छन् ।

प्रतिबन्ध लगाएको १९ महिनापछि पनि ‘इनर्जी ड्रिंक्स’ बजारमा छ्पाप्छ्याप्ती

काठमान्डाैं / इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्। सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो। विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइयो। सरकारले... The post प्रतिबन्ध लगाएको १९ महिनापछि पनि ‘इनर्जी ड्रिंक्स’ बजारमा छ्पाप्छ्याप्ती appeared first on Purbeli News.

प्रतिबन्ध लगाएको १९ महिनापछि पनि 'इनर्जी ड्रिंक्स' बजारमा छ्पाप्छ्याप्ती

इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो। विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइयो। सरकारले प्रतिबन्ध लगाएको १९ महिना भएको छ। प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६र७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र