प्रतीतपत्र (एलसी) खोलेर पनि भन्सारमा अड्किएका गाडीलाई सरकारले नेपाल आउन दिने निर्णय गरेको छ । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै आयातमा प्रतिबन्ध लगाउनुअघि नै एलसी खोलेका चारपांग्रे सवारी भन्सारमा रोकिएका थिए ।
सरकारले आयात रोक लगाएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आइतबार एकीकृत परिपत्र ०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
अटोमोबाइल्स व्यवसायीहरुले भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गर्दा त्रुटी गरेको भन्दै भन्सार कार्यालयलेहरुले रोकेको गाडी आयात खुल्ला भएको छ । आज मन्त्रालयले पुनः राजपत्रमा सुचना प्रकाशनगरी आयातको बाटो खोलेको हो । असार मसान्तको दिन सरकारले प्रकाशित गरेको सुचनामा बैशाख १३ गते अगाडि एलसी खोलेका गाडीको आयातको विषयमा केही नबोलेको भन्दै भन्सार कार्यालयहरुले […]
काठमाडौं। सरकारले आयात प्रतिबन्ध लम्ब्याउन प्रकाशित राजपत्रमा सरकारको कानुनी भाषामा भएको गल्तीले एलसी खोलिएका सवारी साधन पनि रोकिएका छन्। सरकारले पछिल्लो
काठमाडौं । सरकारले गाडीको एलसी नखोल्ने संकेत गरेसँगै गाडी विक्रेताहरु तनावमा परेका छन् । विशेषत पेट्रोलिय पदार्थबाट चल्ने गाडी बैशाख १४ गतेदेखि असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाइएको थियो । आयात रोकिएका बस्तुको कारण तात्विक फरक नआएसँगै सरकारले करिब ३०० बस्तुमा गरेको आयात कडाईलाई निरन्तरता दिने संकेत गरेसँगै नाडाका अध्यक्ष ध्रुब थापाले आफ्नो सक्रियता बढाएका हुन् […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैङ्क तथा व्यापारीहरूले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैङ्कको मौखिक […]
२० वैशाख, काठमाडौं । राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक […]
काठमाडौं । बैंकहरूले सवारीसाधन र विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न छाडेको ३ सातापछि सरकारले १० किमिसका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध असार मसान्तसम्मका लागि लगाइएको हो ।
आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले विदेशी मुद्रा सञ्चितिमाथिको चाप अझै नघटेको संकेत गर्छ । सरकारले विलासी वस्तुको आयात निरुत्साहित गर्न दर्जनौं वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने, एलसी नै नखोल्ने जस्ता उपाय अपनाउँदै आएको थियो । ती उपायले अपेक्षित नतीजा नल्याएपछि सरकारले यो कदम चालेको हो ।
तर, कूटनीतिक नियोगले भने आयात रोकिएका सामान ल्याउन पाउने वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले जानकारी दिए । कूटनीतिक नियोगले आफ्नै प्रयोजनका ती वस्तु आयात गर्न पाउने उनको भनाइ छ ।
मदिरा आयातमा प्रतिबन्धले होटेल व्यवसायमा नकारात्मक असर पर्ने होटेल संघ नेपाल (हान) को भनाइ छ । हानका कार्यवाहक अध्यक्ष विनायक शाह मदिरा रोक्दा हुने असर नबुझी निर्णय गरिएकाले सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । सरकारले निर्णय नसच्याए पर्यटन क्षेत्र नै प्रभावित हुने उनले बताए ।
नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयात नरोके अत्यावश्यक वस्तुको आयातसमेत संकटमा पर्ने भन्दै १६ चैतमा अर्थ मन्त्रालयलाई १६ बुँदे सुझाव दिएको थियो ।
आफ्नो सुझावमाथि अर्थमन्त्रीले बेवास्ता गरेपछि चैत २१ मै राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर विलासी वस्तु आयातका लागि प्रतीतपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति घटेर साढे ९ अर्ब डलर मात्र बाँकी छ । यसले साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । आयात प्रतिबन्धले आयातमा आधारित राजस्व संकलनमा पनि धक्का पुग्ने देखिन्छ । चैतमा अर्थ मन्त्रालयले ४६ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार राजस्व मासिक लक्ष्यको तुलनामा ६ अर्ब कम उठेको छ ।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्वमा भ्याटतर्फको असुली पनि न्यून छ । चालू आर्थिक वर्षको ९ महीनाको लक्ष्यसँग तुलना गर्दा करीब १२ अर्ब कम मूल्य अभिवृद्धिकर संकलन भएको छ । चालू वर्षको ९ महीनामा मूल्य अभिवृद्धिकर शीर्षकमा ९२ अर्ब ८४ करोड संकलन गर्ने लक्ष्य थियो । यस अवधिमा ८० अर्ब ८८ करोड रुपैयाँमात्रै उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ ।
विद्युतीय गाडी आयात गर्न पाइने
सरकारले पेट्रोल, डिजेलबाट चल्ने गाडीको आयातमा रोक लगाए पनि विद्युतीय गाडी भने आयात गर्न पाइन्छ । त्यस्तै, २५० भन्दा कम सीसीका मोटरसाइकल आयात पनि रोकिएको छैन ।
वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका वस्तुको हकमा पनि प्रतिबन्ध नलाग्ने राजपत्रको सूचनामा उल्लेख छ ।
नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सबै गाडी आयातमा रोक लगाउँदा डेढ २ महीनापछि बजारमा गाडी पाउन मुश्किल पर्ने बताए ।
उनका अनुसार कमर्शियल, विद्युतीय र २५० भन्दा कम सीसीका मोटरसाइकललाई समस्या हुने छैन । असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महीनामा ग्राहकले चाहेको गाडी पाउन नसक्ने उनको भनाइ छ ।
काठमाडौं । केन्द्रीय बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले चैत २२ गतेदेखि सवारीसाधन आयातको एलसी खोलेका छैनन् । यसबाट सिंगो व्यवसाय धरापमा परेको भन्दै अटो व्यवसायी दौडधुपमा छन् । तैपनि एलसीमा लगाइएको अघोषित प्रतिबन्ध तत्काल फुकुवा हुने छाँटकाँट देखिएको छैन ।
सवारीसाधनको एलसी खोल्न दबाब दिने क्रममा अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले चैत अन्त्यतिरै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । आइतवार उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई भेटे । उच्च तहमा भेटघाट बढाएका अटो व्यवसायीले अहिलेसम्म आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।
एशोसिएशनका अनुसार अटो व्यवसायमा ३ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । यो क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्छ । ९८ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको क्षेत्र एलसी रोकिएका कारण अस्तव्यस्त बनेको व्यवसायीको गुनासो छ ।
एशोसिएशन अध्यक्ष ध्रुव थापाले विदेशी विनिमय सञ्चिति कम भएको देखाएर एलसीमा रोक लगाउनु उचित नभएको भन्दै अघोषित प्रतिबन्ध हटाउन आफूहरू लागिपरेको बताए । ‘यस्तो कुनै मुलुकले पनि गर्दैनन्, तर नेपालमा गरियो,’ उनले भने, ‘यसबाट बा⋲य मुलुकमा नेपालका बैंकहरूले कर्जा दिन नसक्दा सवारीसाधन आयातको एलसी खोल्नै छाडे भन्ने सन्देश गएको छ, यो राम्रो होइन ।’
नाडाका पदाधिकारीलाई अर्थमन्त्री शर्माले भेटमा आयात नै बन्द गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका थिए । भेटमा नाडाका पदाधिकारीले गाडीको एलसीमा लगाइएको रोक फुकुवा गर्न आग्रह गरेका थिए । नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले गाडी आयात रोकिँदा देशमा पर्न सक्ने असरबारे अर्थमन्त्री शर्मालाई विस्तृत जानकारी गराएका थिए ।
राष्ट्र बैंकको मौखिक निर्देशनमा वाणिज्य बैंकहरूले गाडीलगायत विलासी वस्तुको एलसी खोल्न छाडेपछि ठूलो लगानी भएको अटो क्षेत्र संकटमा परेको व्यवसायीको भनाइ छ । नाडा अध्यक्ष थापाका अनुसार यतिबेला पहिले अर्डर गरेका सवारीसमेत अड्किएका छन् ।
चैत २५ गते एशोसिएशनले समस्या राख्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थप बुझेर अघि बढ्ने’ आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीको आश्वासन आएको हप्ता नाघे पनि एलसी नखुल्दा व्यवसायी निराश छन् । सरकारले गाडी आयात सहज नबनाए अटो व्यवसाय नै धराशयी हुने व्यवसायीको भनाइ छ ।
प्रधानमन्त्री देउवाले व्यवसायीलाई अर्थमन्त्रीसामु समस्या राख्न पनि सुझाव दिनुभएको थियो । सोहीअनुसार व्यवसायीले अर्थमन्त्री भेटेका हुन् । भेटमा अर्थमन्त्रीबाट आश्वासन मात्रै पाएको उनीहरूको भनाइ छ । अर्थमन्त्री शर्माले अझै केही समय धैर्य गर्न आग्रह गरेका छन् । एशोसिएशनले कामु गभर्नर नीलम ढुंगाना तिम्सिनालाई समेत भेटेर समस्या राख्ने तयारी गरेको छ । व्यवसायीले राष्ट्र बैंकको पछिल्लो नीतिले व्यवसाय नै संकटमा परेको भन्दै एलसीमा सहजीकरण गरिदिन आग्रह गर्ने बताएका छन् ।