सरकारले आयात खुला गरेपछि सवारीसाधन आयातका लागि व्यवसायीहरूले प्रतीतपत्र (एलसी) खोल्न थालेका छन् । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले साढे ७ महिनाअघिदेखि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेपछि व्यवसायीहरूले गाडी आयातका लागि प्रक्रिया अघि बढाएका हुन् । प्रतिबन्धित वस्तुको आयात खुला भएसँगै सवारीसाधनलगायत सामग्रीको एलसी खुल्ने क्रम सुरु भएको छ ।