युसुफमान श्रेष्ठ यतिबेला देशबाहिर छन् । जहाँ रहे पनि यी २७ वर्षीय तन्नेरी परम्परागत बाजाको संरक्षणमा जुटेका छन् । उनले कामबाहेक आफ्नो बचेखुचेको समय कला–संस्कृतिको संरक्षणमै खर्चिएका छन् । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका श्रेष्ठ आफूले बजाउने मात्र होइन, अरूलाई पनि परम्परागत बाजा बजाउन सिकाउन तल्लीन देखिन्छन् ।