जर्सीको जर्सी चिडियाखानामा लोपोन्मुख अवस्थामा पुगेको ब्ल्याक लायन टामारिन जन्मिएको छ । यो एक सानो आकारको बाँदरको प्रजाति हो । यसको नाम ग्रेस राखिएको छ । यस खालको बाँदरको प्रजाति लोपोन्मुख अवस्थामा पुगिसकेको समाचारमा जनाइएको छ । यो बाँदरको बच्चा डिसेम्बरमै जन्मेको र कमजोर भएकाले आमासँगै राख्न कठिन हुने बताइएको छ । यसपछि ग्रेसलाई हेरचाहका लागि डुरेल वाइल्डलाइफ कन्जर्भेसन ट्रस्टमा लगिएको छ भने चाँडै नै उसको परिवारको समूहमा लगिने भएको छ ।जर्सी चिडियाखाना मात्रै विश्वको यस्तो