लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन र जीविकोपार्जन लागू

सिमकोट – जिल्लाका लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जनको कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयद्वारा सो कार्यक्रम यस वर्षबाट लागू गरिएको हो। कार्यालय प्रमुख हर्क बस्नेतले यस आर्थिक वर्षबाट लागू हुने गरी लोपोन्मुख तथा सीमान्त्कृत समुदायका लागि नयाँ आयआर्जनको कार्यक्रम लागू भएको बताए। यसका लागि एकमुष्ट २५ लाख बजेट […]

सम्बन्धित सामग्री

हस्तकलाका सामग्री बिक्रीबाट आयआर्जन

दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् ।

आयआर्जन गर्दै मुसहर समुदाय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनका २६ मुसहर घरपरिवारलाई चौपाया वितरण गरिएको छ । पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले २६ घरपरिवारमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीका साथै मौसमी तरकारी फर्सी, लौका, काक्रों, बोडी, करेला, घिरौला, भिन्डीको बीउ वितरण गरिएको जनाएको छ । संस्थाले समूहलाई कुल २ […] The post आयआर्जन गर्दै मुसहर समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै नवलपुरका महिला

काठमाडौँ,३ पुष । वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी […]

प्रदेश विशेष कार्यक्रम समयमै कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रम, एकीकृत वस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, महिला आयआर्जन कार्यक्रम र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइसकेको बताउँदै समयमै कार्यान्वन गर्न निर्देशन...

वन समितिबाटै आयआर्जन

सुर्खेतको एक वन समितिबाटै उपभोक्ताहरुले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताहरुको ईच्छाअनुसार आयआर्जन गर्न चाहनेहरुलाई सहुलियत रुपमा ऋण दिने गरेको हो।...

सामूहिक च्याउखेतीबाट आयआर्जन

दाङ – राजपुर गाउँपालिका–५ सालभौरी निवासी हीरा कुमालको दिनचर्या फेरिएको छ। घरायसी कामबाट फुर्सद भएपछि कुमाल सामूहिक च्याउखेती भएको स्थानतर्फ लाग्छिन्। जहाँ उनीजस्तै अन्य महिला काममा जुटिसकेका हुन्छन्। कुमाल पनि च्याउखेतीमा हात बढाउँछिन्। यसअघि घरमा तरकारी खान च्याउखेती गरेकी कुमाल अहिले भने गाउँभरिका मानिसलाई पुग्ने गरी व्यावसायिक च्याउखेतीमा संलग्न भएकी छन्। सामूहिक रूपमा महिला दिदीबहिनी […]

आयआर्जन गुमाएकालाई १० हजार

सरकारले कोभिडको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहत दिने बताएको छ । सो राहत एक पटकका लागि प्रति घर परिवार १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरिएको अर्थमन्त्री जनार्दन शर्माले संसोधित बजेट वाचन गर्नेक्रममा बताए ।यस्तो अनुदान रकम स्थानीय […]

आयआर्जन वृद्धि गर्न पाठी उपहार

पाथीभरा याङवरक गाउँपालिकाले  महिलालाई बाख्राको पाठी उपहार दिन शुरुआत गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो  कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।   महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत   गाउँपालिकाभित्रका लक्षित महिललाई बाख्राको पाठी उपलब्ध गराएको  गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए। विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी  उपलब्ध गराउने उनले बताए । गाउँपालिको...

सिस्नो प्रशोधन हुम्ली महिलाको आयआर्जन बन्दै

हुम्लाका महिला सिस्नो प्रशोधन गरेर आयआर्जनमा लागेका छन् । सिमकोट गाउँपालिकाभित्र रहेका महिलाले करिब दुई वर्षअघिदेखि स्थापना गरेको महिला सिस्नो समूहमार्फत हाल सिस्नो प्रशोधन गर्न थालेका छन् ।समूहले खरिद गरेको प्रशोधन मेसिनमा हाल सिमकोट गाउँपालिकामा रहेका ३३ जना महिलाले सिस्नो प्रशोधन गरी आयआर्जन गर्नका लागि सीप सिकिरहेका छन् ।गाउँघरमा प्रशस्त मात्रामा हुने सिस्नोको उपयोगिता थाहा […]

आयआर्जन वृद्धिका लागि चेपाङ परिवारलाई उन्नत जातका बोयर बोका वितरण

बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरूआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरू गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मंगलवार बोयर जातको बोका वितरण गरेको हो । गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो । परियोजनाअ...