राधास्वामी भवनमा आइसोलेसन सञ्चालनमा

काठमाडौं । काठमाडौंको सामाखुसीमा आजदेखि राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गरे । ०७७ साल कात्तिक १४ गते मन्त्रिपरिषद्ले आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसपछि कोरोनाको संक्रमण घट्दो क्रममा गएकाले आइसोलेसन निर्माणमा ढिलाइ भयो । कोरोनाको दोस्रो लहर सुरु...

सम्बन्धित सामग्री

पोखरामा चिकित्सकसहितको होटल आइसोलेसन सञ्चालनमा

पर्यटकीय नगरी पोखरामा एउटा होटलले मात्र आधिकारिक रूपमा होटल आइसोलेसनको मान्यता प्राप्त गरेसँंगै होटलमा आइसोलेसन सेवा सञ्चालन भएको छ । पोखराको पृथ्वीचोकमा रहेको होटल तिरुपतिमा आइसोसेलन सेवा सुरु भएको हो ।तीनजना युवा व्यवसायी प्रल्हादजंग मरासिनी, ध्रुव शर्मा र निराजन विक्रम राणाले गण्डकी हेल्थ केयर सेन्टरको नामबाट होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याएका हुन् । पोखराको पार्दीविरौटामा […]

इटहरीमा निजी स्तरबाट तयार भएको ८० बेडको आइसोलेसन सञ्चालनमा

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको सभाहलमा निजी स्तरबाट तयार भएको आइसोलेसन सञ्चालनमा आएको छ । मंगलबार इटहरीका मेयर द्धारिकलाल चौधरीले आइसोलेसनको शुभारम्भ गरेका छन् । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वमा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीको समन्वयमा […] The post इटहरीमा निजी स्तरबाट तयार भएको ८० बेडको आइसोलेसन सञ्चालनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

महासंघको नेतृत्वमा तीन आइसोलेसन सञ्चालनमा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उपत्यकामा तीन वटा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघले कमलादी, क्षेत्रपाटी र पुल्चोकमा आइसोलेसन सञ्चालनमा ल्याएको हो। कमलादीमा २६ बेड, क्षेत्रपाटीमा ५० बेड र पुल्चोकको आइसोलेसन सेन्टरमा ३० बेड क्षमता छ। यी तीनै स्थानमा अक्सिजनको व्यवस्था भने छैन।

गेटामा ५० शय्याको आइसोलेसन सञ्चालनमा, नयाँ बिरामी भर्ना लिने

धनगढी : कैलालीको गेटा मेडिकल कलेजको भवनमा निर्मित आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोनाका संक्रमितको उपचारको लागि सो आइसोलेसन सेन्टर आइबारदेखि सञ्चालनमा आएको हो। हाल ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए।आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायत तयारी भएको उनले बताए। आइसियूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रिफर गरिने उनले जिकिर गरे।जिल्ला कोभिड संक

चिकित्सक संघको आइसोलेसन सञ्चालनमा

नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध […]

इटहरीमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन सञ्चालनमा

विराटनगर : सुनसरीको इटहरीमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। इटहरी उपमहानगरपालिकाले अक्सिजनसहित ५० शय्याको कोभिड अस्पतालसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्याइएको जानकारी दिए। बुधबारदेखि नै कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए।आइसोलेसन सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहने पनि मेयर चौधरीले बताए। स्वास्थ्य

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…

तुलसीपुरमा सुरु भयो २५ बेडको आइसोलेसन

तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा यस्तो आइसोलेसन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए।

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

विदेशी नागरिकलाई लक्षित गरेर होटल आइसोलेसन सञ्चालनमा

यो आइसोलेसन नेपालस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोग, विभिन्न संघसंस्था आदिलाई लक्षित गरेर सञ्चालन गरेको उनले बताए