अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

सम्बन्धित सामग्री

राधास्वामी भवनमा आइसोलेसन सञ्चालनमा

काठमाडौं । काठमाडौंको सामाखुसीमा आजदेखि राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गरे । ०७७ साल कात्तिक १४ गते मन्त्रिपरिषद्ले आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसपछि कोरोनाको संक्रमण घट्दो क्रममा गएकाले आइसोलेसन निर्माणमा ढिलाइ भयो । कोरोनाको दोस्रो लहर सुरु...