गेटामा ५० शय्याको आइसोलेसन सञ्चालनमा, नयाँ बिरामी भर्ना लिने

धनगढी : कैलालीको गेटा मेडिकल कलेजको भवनमा निर्मित आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोनाका संक्रमितको उपचारको लागि सो आइसोलेसन सेन्टर आइबारदेखि सञ्चालनमा आएको हो। हाल ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए।आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायत तयारी भएको उनले बताए। आइसियूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रिफर गरिने उनले जिकिर गरे।जिल्ला कोभिड संक

सम्बन्धित सामग्री

बेनी अस्पतालमा २० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थासहित २० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेर अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणाधीन भवनमा आइतवारदेखि आइसोलेसन सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख रुपैयाँ लागतमा आइसोलेसन केन्द्र तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरीद गरेका शय्या प्रयोगमा ल्याइएको छ । कोरोना संक्रमित थपिदै जाँदा उपचार सहज बनाउन अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गरिएको अध्यक्ष कटुवालले बताए । उनका अनुसार निर्माणाधीन भवनको तल्लो तल्लामा रहेका ५ कोठालाई व्यवस्थापन गरेर आइसोलेसन तयार पारिएको हो । अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट बिरामीको बेडसम्म पाइपबाट अक्सिजन पुर्‍याउने तयारी गरिएको छ । होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वास सम्बन्धी र अन्य समस्या देखिएर अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको कटुवालले बताए । उनका अनुसार आइतवार ७ ओटा शøयाबाट सेवा सञ्चालन गरिए पनि अन्य शय्या समेत तयारी अवस्थामा छन् । आइसोलेसन कक्षको भौतिक संरचना व्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डीसीसीएमसीको सिफारिशमा ६ लाख ३७ हजार रुपैयाँ सहयोग गरेको छ । आइसोलेसनबाट अस्पतालको आकस्मिक कक्ष नजिक रहेकाले संक्रमित बिरामीको निगरानी र उपचारका लागि स्वास्थ्यकर्मीलाई समेत सहज हुने बताइएको छ । आइसोलेसन केन्द्रमा ‘हाई फ्लो’ अक्सिजन चाहिने बिरामी, श्वासप्रश्वासमा समस्या भएका र अन्य संक्रमतिलाई छुट्टाछुट्टै राखिनेछ । कोरोनाका बिरामी होम आइसोलेसन बसेको अवस्थामा स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपीडीको प्रवेशद्वारमा शøया राखेर उपचार भइरहेको छ । सक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेका छन् । तीमध्ये अधिकांशमा अक्सिजनको मात्रा कम र निमोनियाको समस्या रहेको पाइएको चिकित्सकले बताएका छन् ।