काठमाण्डाै – भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले आफूहरू मारमा परेको गुनासो गरेका छन् ।
काठमाण्डाैकाे न्यु राेड क्षेत्रमा देखिएको फूलको व्यापारमा धेरैजसाे भारतीय फूल देखिएको छ । भारतीय फूल प्रति माला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको माला प्रति माला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान/व्यापारीले गुनासो गरेका छन् ।
काठमाण्डाैमा लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो हप्ता देशभर परेको बेमौसम...