दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । […]