नागरिक लगानी कोषले विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसै गरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रममा पनि १ दशमलब ५ प्