बैंकमा जम्मा गरेको संस्थागत निक्षेपमा बढीमा ६ प्रतिशत ब्याजदरको माग गर्दै मोरङ व्यापार संघले चरणवद्ध आन्दोलन थालेको छ । नागरिक लगानी कोष, संचय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पती मान्नुपर्ने र बढीमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने उनीहरुको मुख्य माग छ । सोही माग गर्दै आज मोरङ व्यापार संघका पदाधिकारी तथा सदस्यहरुले नेपाल राष्ट्र बैंक विराटनगरस्थित कार्यालय अगाडि धर्ना बसेका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय