मार्जिन कर्जा : सकारात्मक कदम

धितोपत्र बजारलाई बढी चलायमान बनाउन धितोपत्र दलालहरूलाई मार्जिन कर्जा सुविधा दिनुपर्ने माग उठेको लामै समय भइसक्यो । यस सम्बन्धी कार्यविधि बनेर पनि दलाल व्यवसायीको विरोधका कारण कार्यान्वयन हुन नसकेकामा अहिले एक दर्जन जति प्रावधानमा संशोधन भई लागू भएको छ । बैंक तथा वित्तीय संस्थाबाट धितोपत्र सुरक्षण राखी मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था पूँजीबजारका लागि अपुग भएको भन्दै मार्जिन कारोबारको माग भइरहेको सन्दर्भमा संशोधनसहित लागू हुनु सकारात्मक हो । तर, यसका केही प्रावधान अझै अव्यावहारिक देखिएका छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाबाट पनि स्रोतको जोहो गर्न पाउनुपर्ने दलालहरूको माग सम्बोधन भएको छैन । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने मार्जिन प्रकृतिको कर्जाको रकम सबै शेयर बजारमा नै आउँछ भन्ने हुँदैन । कर्जा लिएर घरघरायसी व्यवहार चलाउने तथा घरजग्गामा लगानी गर्ने गरेको समेत पाइन्छ । तैपनि राष्ट्र बैंकले शेयर बजारमा बढी पैसा गएको अनुमान गरी यस्तो कर्जामा कडाइ गरेको छ । अहिले शेयर बजार निकै तल झर्नुमा यसलाई पनि एक कारण मानिन्छ । शेयर बजार परिसूचक नेप्से निकै तल झर्दा कारोबार रकम पनि निकै तल आइपुगेको छ । कुनै बेला २० अर्ब रुपैयाँ बराबरको शेयर किनबेच हुने गरेकामा अहिले डेढ अर्बको हाराहारीमा झरेको छ । धेरै कम्पनीको पीई रेसियो निकै तल आइपुग्दा पनि लगानीकर्ताले लगानी बढाइरहेका छैनन् । यसो हुनुमा लगानी गर्ने रकम नपाउनु नै हो । यस्तोमा शेयर दलाल कम्पनीले नै मार्जिन कर्जा दिन पाउने व्यवस्था गर्नु सकारात्मक कदम हो ।    दलाल कम्पनीहरूले विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिए पनि अहिले लागू गरिएको कार्यविधिले ती सबै पक्षलाई सम्बोधन गरेको छैन । बैंक तथा वित्तीय संस्थाले दिने मार्जिन प्रकृतिको कर्जामा १८० दिनको औसत मूल्यलाई आधार मानिएको छ । तर, दलाल कम्पनीले दिने मार्जिन कर्जामा १२० दिनको औसत मूल्यलाई आधार मानिएको छ । यसको ३० प्रतिशत मार्जिन लिन पाउने व्यवस्था गरिएको छ । यस्तोमा, यदि बजार घट्यो भने एक दुई दिनमै मार्जिन कल हुन्छ । लगानीकर्ताले मार्जिन थप्न नसके समस्या आउन सक्छ । तोकिएको अवधिमा मार्जिन पुर्‍याउन नसके दलालले शेयर विक्री गरिदिन सक्छ । तुलनात्मक रूपमा मार्जिन कर्जाभन्दा मार्जिन प्रकृतिको कर्जा बढी सस्तो हुने देखिन्छ । यी दुई कर्जाको अन्तर नबुझी कर्जा लिए लगानीकर्ता फस्न पनि सक्छन् । मार्जिन कर्जा उपलब्ध गराउन दलाल कम्पनीहरूको वर्तमान पूँजी संरचना निकै कम देखिन्छ । त्यसो हुँदा उनीहरूले कर्जाका लागि स्रोत अभावको समस्या पनि हुन सक्छ । यसरी स्रोतको अभाव हुँदा मार्जिन कर्जा प्रभावकारी नहुन सक्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाबाट पनि स्रोतको जोहो गर्न पाउनुपर्ने उनीहरूको माग पनि सम्बोधन भएको छैन । त्यस्तै कर्जाको लागि प्रयोग गरिने सफ्टवेयरबारे पनि स्पष्टता छैन । यस्तोमा यो कर्जा प्रभावकारी रूपमा लागू भई बजारलाई सहज बनाउन कत्तिको  सहयोगी हुन्छ भन्न सकिन्न । अर्को, मार्जिन कर्जाको ब्याजदर अन्य कर्जाको भन्दा महँगो हुन्छ । साथै, यसमा बढी जोखिम भएकाले यो अल्पकालीन प्रकृतिको हुन्छ । यसबाट कमाउने सम्भावना बढी हुन्छ तर बजार ओरालो लाग्दा मार्जिन नधान्नेबित्तिकै कल आउँछ र  मार्जिन पूरा गर्न नसके दलाल कम्पनीले शेयर विक्री गरिदिन पनि सक्छ । शेयर बजारलाई बढी तरल बनाउन दलालले नै मार्जिन कर्जा दिने व्यवस्था राम्रो भए पनि यसका लागि उनीहरूको क्षमता अभिवृद्धि गरिनुपर्छ । त्यसैले दलालहरूको अन्य मागलाई पनि सम्बोधन गरेर मार्जिन कर्जालाई अझ सहज बनाइनुपर्छ । अहिलेको व्यवस्थाले शेयर बजारलाई थप परिपक्व बनाउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

बैंकहरूले घटाउन थाले मार्जिन कर्जा

बैंक तथा वित्त कम्पनीले मार्जिन कर्जा घटाउँदा विकास बैंकहरूले बढाए, ब्रोकरबाट पाइने व्यवस्था अझै अन्योलमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा (मार्जिन नेचर कर्जा)मा गिरावट आएको छ । नेपाल राष्ट्र...

आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्तऋषिको पूजा गरी मनाइँदै छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सँग आज पनि बयान लिइने भएको छ। मिटरब्याजीविरुद्ध काठमाडौँमा आज किसान–मजदुरहरुले मार्च गर्दै छन्। राष्ट्र बैंकको कडाइले मार्जिन कर्जा २४ प्रतिशतले घटेको छ। राष्ट्रिय खेलकुद परिषद्ले स्वयंसेवक प्रशिक्षकको माग गरेको छ।

राष्ट्र बैंकको कडाइपछि २४ प्रतिशतले घट्यो मार्जिन कर्जा

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको […]

मार्जिन कर्जा सुविधा प्रदान गर्न १५ ओटा ब्रोकर कम्पनी तयार

जेठ ८, काठमाडौं । मार्जिन कर्जा प्रदान गर्नका लागि १५ धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरू तयारी अवस्थामा रहेका छन् ।  नेप्सेले वैशाख १४ गतेदेखि लागू गरेको संधोधित मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि अनुसार कर्जा प्रदान गर्न १५ ब्रोकर कम्पनीहरुले स्वीकृति पत्र नविकरण गरेका छन् ।  नेप्सेले तीन वर्ष अघिनै मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि २३ ब्रोकर कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो । सो अवधिमा ब्रोकरहरूलेनै कार्यविधिका केहि बुँदाहरु संशोधनको लागि माग गरेका थिए । ब्रोकरहरूको मागलाई सम्बोधन गर्दै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन पश्चात् लागू गरिएको हो ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको उक्त कार्यविधि २०७८ जेठ ११ गते प्रथम संशोधन गरेको थियो । बोर्डद्वारा संशोधन भएको एक वर्षमा नेप्सेले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।  हाल नेपालमा धितोपत्र कारोबारका लागि ५० ब्रोकरहरुले सेवा प्रदान गरिरहेका छन् । सबै ब्रोकर कम्पनीहरुले तोकिएको व्यवस्था पुरा गरी मार्जिन कारोबार सेवा प्रदान गर्न सक्ने अवस्था छ ।  बोर्डले संशोधन गरेको कार्यविधि अनुसार लगानीकर्ताहरुले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यस अघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो ।  संशोधित व्यवस्था अनुसार लगानीकर्ताहरुले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो । लगानीकर्ताहरुले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्याङ्कन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्य जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था भएको छ । यस अघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । यस अघि लगानीकर्ताहरुले ब्रोकरबाट पाउने रकमबाट एक कम्पनीमा १० प्रतिशतसम्म मात्र राख्न पाउने व्यवस्था रहकोमा संशोधित कार्यविधिले भने एकभन्दा बढी कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीकर्ताहरुले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्ने भएको छ ।  शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन नदिन भनिएको छ । शेयर धितोको मूल्य कम्तीमा २० प्रतिशत कायम गर्न नसकेमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्नेछ ।  शेयर धितोको मूल्य १५ प्रतिशतमा झरेमा भने ब्रोकरले लगानीकर्तालाई सूचना दिएको चार दिनपछि उक्त शेयर आफैं विक्री गरिदिन संशोधित व्यवस्थामा उल्लेख छ । ब्रोकरले शेयर विक्री गरेको बापतको रकमनै २० प्रतिशत बराबर पुग्ने गरी धितोको रूपमा राख्न सकिने व्यवस्था भएको छ । ब्रोकरहरुले आफ्नै पूँजी वा वाणिज्य बैंकहरुबाट कर्जा लिएर लगानीकर्ताहरुलाई मार्जिन कर्जा सुविधा प्रदान गर्न सक्नेछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पनि लगानीयोग्य पूँजीको अभाव भइरहेको अवस्थामा तत्कालका लागि ब्रोकरहरुले आफ्नै पूँजीमार्फत लगानी गर्ने बताएका छन् । यो कर्जाको ब्याजदर भने बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी हुने जानकारी ब्रोकरहरुले दिएका छन् ।  ब्याजदर निर्धारण सम्बन्धीत ब्रोकरहरूबाटै हुने हुँदा सबैमा समान नहुन पनि सक्ने भनाइ उनिहरुको छ । सकेसम्म यो सुविधा प्रदान गर्ने ब्रोकरहरूले लिने ब्याजदरमा समानता ल्याउनु पर्ने माग लगानीकर्ताहरुको छ ।  नेप्सेसँग स्वीकृति पत्र नविकरण गराएका ब्रोकरहरु : १.ब्रोकर नम्बर ३४ – भिजन सेक्युरेटिज   २.ब्रोकर नम्बर १६ – प्राइमो सेक्युरेटिज   ३.ब्रोकर नम्बर ५६ – श्रीहरि सेक्युरेटिज   ४.ब्रोकर नम्बर ५० – क्रिष्टल कन्चंनजंगा सेक्युरेटिज   ५.ब्रोकर नम्बर ३६ – सेक्युर्ड सेक्युरेटिज   ६.ब्रोकर नम्बर ३५ – कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज   ७.ब्रोकर नम्बर ३८ – दीपशिखा धितोपत्र कारोबार कम्पनी ८.ब्रोकर नम्बर ४५ – इम्पेरीयल सेक्युरेटिज   ९.ब्रोकर नम्बर ५९ – दिव्या सेक्युरेटिज  एण्ड स्टक हाउस   १०.ब्रोकर नम्बर ५७ –  आर्या तारा इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज   ११.ब्रोकर नम्बर ४४ – डायनामिक मनी म्यानेजर्स सेक्युरेटिज   १२.ब्रोकर नम्बर ३३ – दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज   १३.ब्रोकर नम्बर २५–  श्वेता सेक्युरेटिज   १४.ब्रोकर नम्बर ३९ – सुमेरु सेक्युरेटिज   १५.ब्रोकर नम्बर ४७ – निभ सेक्युरेटिज

सेयर धितो कर्जा कि मार्जिन लोन ?

अल्पकालीन लगानीकर्तालाई ‘मार्जिन कर्जा’ सहितको मार्जिन कारोबार र दीर्घकालीन लगानीका लागि ‘सेयर धितो कर्जा’ उपयुक्त विकल्प हुन सक्छ । निरन्तर उक्लँदै ३२०० पुगेको धितोपत्र बजार परिसूचक बिस्तारै २८०० तिर ओर्लिनुमा मार्जिन लोन (मार्जिन कर्जा) को मुख्य कारक रहेको तर्क गरिँदैछ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको ‘सेयर धितो कर्जा’मा सीमा […]

पुँजीबजार नियमन कि नियन्त्रण ?

नेपाली पुँजीबजार मापक नेप्से परिसूचक २०७३ साउन १२ गतेको १,८८१ उचाइबाट २०७५ फागुन १९ को न्यूनतम १,१००.५८ गहिराइमा झरेसँगै राज्य, नियामक र सरोकारवालाहरूले कानुनी, नीतिगत, पूर्वाधार र व्यावहारिक सहजीकरण गर्दै बजार पुनःस्थापित प्रयास भए । कारोबार प्रणालीमा सुधार, मार्जिन कर्जा र सुविधामा सहजीकरण, मार्जिन कर्जाको जोखिमस्तर न्यूनीकरण, लागत–लाभ गणनामा पुनरावलोकन र पुँजीगत लाभकर ५ प्रतिशतमा […]