काठमाडौं : बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका वडा १८ सेदीस्थित एक होमस्टेबाट प्रकाउ गरेको जनाएको छ।
प्रहरी उपरीक्षक एवं अनुसन्धान ब्युरोकी प्रवक्ता गंगा पन्तले जारी गरेको विज्ञप्तिमा ती व्यक्ति अमेरिकामा रहँदैदेखि नेपाल बालबालिकासँग नियमित सम्पर्कमा…