काठमाण्डाै – बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको खोज...