हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा अवकाशप्राप्त कोलम्बियन सैनिकसहितको विदेशी 'हिट स्कवाड' समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख लिओन चार्ल्सले आक्रमण गर्ने समूहमा २६ जना कोलम्बियन र दुईजना हाइटी मूलका अमेरिकी नागरिक रहेको बताए। हालसम्म प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ भने चारजनाको मारिएका छन्। बांकी संदिग्धहरु फरार रहेका छन्।…