सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७. ४२ विन्दुमा रोकिएको नेप्से थप सोमबार ०.२७ अंकले बढेर २९ सय ४७. ६९ विन्दुमा पुगेको हो ।यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज ०.२७ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । कुल २२६ कम्पनीका १ करोड ५६ लाख कित्ता माथिको सेयर ९३ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा ९ अर्ब २