कालिका पावर कम्पनीद्वारा १५ प्रतिशत शेयर लाभांश वितरण

चितवन । स्थापनाको पाँच वर्षपछि कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीका सचिव किशोर कुमार डङ्गोलले जानकारी दिए । गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६ मेघावाट विद्युत् उत्पादन गर्दै आएको कालिका […]

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एचआईडिसिएल अर्थात\ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तले भोलि (बुधवार) बुक क्लोज गर्दैछन् । सोही  अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।  एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले पुस २९ आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ः१५ बजे वेबिनारमार्फत शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कालिका पावरले पुस २८ दियालो फुडल्याण्ड चितवन प्रा.लि., भरतपुरमा साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

कालिका पावरले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७९ करोड ३५ लाख रुपैयाँ छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सभा चितवनको भरतपुरस्थित दियालो फुडल्याण्डमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । साथै माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

१३ ओटा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी ङादी ग्रुप पावरको

पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  १३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।  जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।  त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस

कालिका पावर कम्पनीले बोलायो साधारण सभा, १५.७८ % लाभांश प्रस्ताव पारित हुँदै

पुस ९, काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।  कम्पनीले सभा भरतपुर - १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गते सम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।