आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ विजयकुमार शाह भएका छन् । गत आर्थिक वर्ष ०७६/७७ मा पनि सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल र व्यक्तिगत तर्फ शाह नै थिए । शाह जाउलाखेल ग्रुपका अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो ।