सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल सम्मानित

आन्तरिक राजस्व विभागले मुलुक भरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको ...

सम्बन्धित सामग्री

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ परिसंघका सदस्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदातामध्ये निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विशेष उद्योगमा एशियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामा ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबारमा आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा लगायत सहभागी थिए ।

५ वर्षमा सूर्य नेपालको सञ्चालन नाफा १ खर्ब २५ अर्ब

काठमाडौं। चुरोट तथा अगरबत्ती उत्पादक कम्पनी सूर्य नेपालले पाँच वर्षमै १ खर्ब २५ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा २४ अर्ब ४७ करोड रुपैयाँ, सन् २०२१ मा २४ अर्ब ४९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  सुर्तीजन्य पदार्थमा कर बढ्दा पनि कम्पनीले बजारमा नयाँ नयाँ ब्राण्डमा चुरोटको विक्री गरेकाले वित्तीय वर्ष २०२२ मा मात्र २६ अर्ब ९८ करोड रुपैयाँ बराबरको विक्री गरेको छ । कम्पनीले उक्त वर्ष १० अर्ब ४० करोड रुपैयाँ लाभांश घोषणा गरेको थियो । कम्पनीको ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जा छ । केयर रेटिङ्सले कम्पनीको उक्त कर्जालाई ‘ए वान प्लस’ रेटिङ दिएको छ । कम्पनीको शेयर संरचना सन् १९८६ मा स्थापित यस कम्पनीमा आईटीसी लिमिटेडको सबैभन्दा बढी ५९ प्रतिशत शेयर छ । भारतस्थित आईटीसी लिमिटेडको बजार पूँजीकरण सन् २०२३ मार्चसम्ममा ५८ बिलियन अमेरिकी डलर रहेको छ । सन् १९१० मा स्थापित यस कम्पनीले सिगरेट, ब्रान्डेड प्याकेज गरिएको खाना, शिक्षा र स्टेशनरी सामग्री उत्पादन गर्छ । कृषि व्यवसाय र सूचना प्रविधिमा पनि कम्पनीको लगानी छ । कम्पनीमा नेपाली व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको ३९ प्रतिशत र बाँकी २ प्रतिशत शेयर ब्रिटिश अमेरिकी टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडको छ ।  कम्पनीका उत्पादन नेपालमा चुरोट, सलाई, अगरबत्ती र कन्फेक्शनरी उत्पादन गर्दै आएको कम्पनीले होटल व्यवसायमा पनि लगानी गरेको छ । काठमाडौंको बूढानीलकण्ठमा कम्पनीको ७२ रोपनी जग्गामा पाँचतारे होटल निर्माणाधीन छ । उपभोक्ता स्वाद र प्राथमिकता अनुसार कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, शिखर फिल्टर किंग्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता ब्राण्डमा चुरोट उत्पादन तथा विक्री गर्दै आएको छ । कम्पनीको मुलुकभर १०० भन्दा बढी वितरक छन् ।  कम्पनीको अध्यक्षमा सञ्जीव पुरी रहेका छन् । पुरी आईटीसी लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक रहेका छन् । सूर्य नेपालको प्रबन्ध निर्देशक भने रवि के रायवरम रहेका छन् ।  सबैभन्दा बढी कर तिर्ने कम्पनीको शीर्ष स्थानमा आन्तरिक राजस्व विभागका अनुसार ५ वर्षमा चुरोट तथा बिँडीको अन्त:शुल्क मात्रै ९२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । विभागले ठूला करदाताहरूलाई सम्मान गर्न थालेदेखि सबैभन्दा बढी आयकर तिर्ने कम्पनीहरूको सूचिमा सूर्य नेपाल पनि रहँदै आएको छ । आन्तरिक राजस्व विभागका अनुसार ५ वर्षमा चुरोट तथा बिँडीको अन्त:शुल्क मात्रै ९२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । विभागले २०६९ सालदेखि प्रत्येक वर्ष ठूला करदातालाई सम्मान गर्दै आएको छ । आर्थिक वर्ष (आव) २०६८/६९ देखि नै प्रत्येक वर्ष बढी आयकर तिर्ने कम्पनीहरूमा सूर्य नेपाल पनि रहँदै आएको छ । कम्पनीका अनुसार आव २०६८/६९ र आव २०७०/७१ मा सबैभन्दा बढी अन्त:शुल्क तिर्ने कम्पनीमा सूर्य नेपाल विभागबाट सम्मानित भएको थियो । आव २०७१/७२ यता कम्पनी सबैभन्दा बढी कर तिर्ने कम्पनी रहँदै आएको छ ।

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपालसहित १५ कम्पनी सम्मानित

काठमाडौं : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ।  आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ। सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो। निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ। सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड रहेको विभागले जनाएको छ। सबै उत्कृष्ट करदातालाई आज काठमाडौँमा विशेष समारोहका बीच सम्मान गरिएको थियो। कृषि तथा पशुपक्...

राजश्व विभागद्वारा बढी कर तिर्ने १५ करदाता सम्मानित

काठमाडौंः आठौं राष्ट्रिय कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी ...

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।