सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो।
सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।