सुर्खेत-दैलेख सडक खण्डको छेडादेखि रातानाङ्लासम्म १५ किलोमिटर उकालो मोडमा शनिबार दिनभर सवारी जाम भयो । प्रदेश ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उक्त अवस्था आउनुको कारण थियो गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौं मोटरसाइकल, निजी कार, भाडाका जीपहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकै हिमपात हुने करिब २ हजार मिटर उचाईको दैलेख सिमानाको गुराँसे लेक नै हो ।